
भोजपुर, फागुन ६ :
निर्वाचनमा खटिएका सेना लिएर गएको बस भोजपुरमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
भोजपुर नगरपालिका वडा नं ३ स्थित सेतीबगर नजिकै आज दिउँसो ना ४ ख ७३१७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २४ मध्ये ८ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताए ।
बसब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।