७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरी मनाइएको छ । यो दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको थियो ।
त्यस अवसरमा नेपाली सेनाको टोलीले मार्चपास गरेको थियो भने हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । साथै ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिकाको टोली बाजागाजासहित सहभागी भएका थिए । कलाकारहरुले भने सांस्कृतिक प्रस्तुत गरे ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, मन्त्रीहरु,सरकारका उच्च पदस्थ कर्मचारी, कुटनीतिक नियोगका प्रमुखहरु लगायत सहभागी थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।