शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ फागुन, २०८२ मा प्रकाशित
टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस
काठमाडौं, फागुन ७ :

७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरी मनाइएको छ । यो दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको थियो । 

त्यस अवसरमा नेपाली सेनाको टोलीले मार्चपास गरेको थियो भने हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । साथै ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिकाको टोली बाजागाजासहित सहभागी भएका थिए । कलाकारहरुले भने सांस्कृतिक प्रस्तुत गरे ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, मन्त्रीहरु,सरकारका उच्च पदस्थ कर्मचारी, कुटनीतिक नियोगका प्रमुखहरु लगायत सहभागी थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार