सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य #सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य
राजनीति

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

डिजिटल सार्वजनिक सेवा सातै दिन, सेवामा ढिला सुस्ती भएमा नागरिकलाई क्षतिपूर्ति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ फागुन, २०८२ मा प्रकाशित
कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा
काठमाडौं, फागुन ७ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताएका छन् ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आज ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा सभापति थापाले भने, ‘कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन ।’

उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए । सभापति थापाले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताए । उनले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।  

उनले नागरिकले जति समयमा सेवा पाउनुपर्ने हो उल्लेख गर्नुपर्ने र ढिला भएमा क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्ने बताए । उनले भने, ‘सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइनेछ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ ।’

सभापति थापाले डिजिटल सार्वजनिक सेवा सातै दिन, २४सै घण्टा र सेवामा ढिला सुस्ती भएमा नागरिकलाई क्षतिपूर्तिलगायतका व्यवस्था कांग्रेसले योजनाबद्ध रूपमा अगाडि सारेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार