बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश लुम्बिनी प्रदेश

शंकर पोखरेलप्रति रविको कटाक्ष : आफूलाई जनताको मनदेखि निकालेर देखाउन चुनौती

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ फागुन, २०८२ मा प्रकाशित
शंकर पोखरेलप्रति रविको कटाक्ष : आफूलाई जनताको मनदेखि निकालेर देखाउन चुनौती
दाङ, फागुन ८ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई जनताको मनदेखि निकालेर देखाउन चुनौती दिएका छन् । शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले आफूलाई छलछाम गरेर संसद्बाट निकालेको आरोप लगाए।

आफूलाई जेल पुर्‍याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिने उनले दाबी गरे । सभापति लामिछानेले आफू सुशासनको पक्षमा काम गरिरहेका बेला षडयन्त्रपूर्वक संसद्‍बाट निकालेको टिप्पणी गरे ।  उनले भने, ‘हामी सरकारमा काम गरिरहेको बेला बा (केपी ओली) र उनका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए । सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ ।’ नेकपा एमाले महासचिव शंकर पोखरेललक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार