काठमाडौं, फागुन १० :

निर्वाचन आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिदाले मतदाताको उत्साहजनक सहभागिता बढ्ने बताए। बिदाको अन्तिम निर्णय मन्त्रिपरिषद्को बैठकले गर्नेछ।

निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न आयोगले आइतबार सरकारलाई सिफारिस गरेको छ। सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

कति दिन बिदा दिने भन्ने निर्णय अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्नेछ । स्रोतका अनुसार आयोगको सिफारिसलाई नै सरकारले स्वीकृत गर्नेछ ।