बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा थप प्रहरी खटायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० फागुन, २०८२ मा प्रकाशित
प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा थप प्रहरी खटायो
काठमाडौं, फागुन १० :

प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाका लागि विभिन्न जिल्लामा थप प्रहरी पठाएको छ। यही फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि उपत्यका बाहिरका जिल्ला  धनकुटा, उदयपुर, मोरङ, संखुवासभा, तेह्रथुम, सिरहा, सप्तरी, सर्लाही रौतहट पर्सामा थप बल पठाएको हो।

महाराजगन्जस्थित १ नम्बर गणबाट आज तीन हजारभन्दा बढी प्रहरीलाई विभिन्न जिल्ला पठाइएको छ ।   सुरक्षा संवेदनशील मानिएका जिल्लाहरुमा यसअघि नै थप सुरक्षाबल पुगिसकेका छन् भने आवश्यक परेका ठाउँमा थप पठाइने प्रहरीले जनाएको छ । जेनजी आन्दोलनपछि पहिलो निर्वाचन आउन अब ११ दिनमात्र बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार