बुटवल, फागुन १० :
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको बताएका छन् ।
आइतबार रुपन्देहीको भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्ने समेत बताए ।
मिटरब्याजी, लघुवित्त, सहकारी ठगी हुँदा किसान र विपन्न मर्कामा परेको उनको भनाइ थियो । साथै घिसिङ्ले पीडितहरूको समस्या समाधान गर्नका लागि आयोग गठन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्छ भन्ने आफूहरूको एजेन्डा रहेको समेत बताए ।
उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील पार्टी भएको दाबी गर्दै उनले आफू नेपाल विद्युत् प्राधिकरणमा आएपछि देशैभरी लोडसेडिङअन्त्य गरेको सुनाए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान