
फाइल तस्बिर ।
बुटवल, फागुन १० :
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको बताएका छन् ।
आइतबार रुपन्देहीको भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्ने समेत बताए ।
मिटरब्याजी, लघुवित्त, सहकारी ठगी हुँदा किसान र विपन्न मर्कामा परेको उनको भनाइ थियो । साथै घिसिङ्ले पीडितहरूको समस्या समाधान गर्नका लागि आयोग गठन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्छ भन्ने आफूहरूको एजेन्डा रहेको समेत बताए ।
उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील पार्टी भएको दाबी गर्दै उनले आफू नेपाल विद्युत् प्राधिकरणमा आएपछि देशैभरी लोडसेडिङअन्त्य गरेको सुनाए ।