बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति प्रदेश कोसी प्रदेश

सही कुरामा मात्रै जिद्दी गरेको हुन्छु, गलत कुरामा गर्दिन : ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ फागुन, २०८२ मा प्रकाशित
सही कुरामा मात्रै जिद्दी गरेको हुन्छु, गलत कुरामा गर्दिन : ओली
झापा, फागुन ११ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सही कुराका लागि मात्रै अडिग रहने गरेको बताउँदै गलतमा जिद्दी नगर्ने स्पष्ट पारेका छन्। झापामा आयोजित एक कार्यक्रममा उनले आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताए ।

उनले भने, ‘जिद्दी गर्छ भन्ने अलिकति आरोप छ मलाई यस कितावमा । जिद्दी म केमा गर्छु भन्दा, नराम्रो कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, गलत कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, सही कुरामा मात्रै जिद्दी गरेको हुन्छु ।’

किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले  एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गरे । नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भएपनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उनको गुनासो छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार