आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश बागमती प्रदेश भिडियो

चितवनका माझी र मुसहर बस्तीलाई निर्वाचनले छोएन

अहिलेसम्म यहाँका मतदातालाई भेट्न कुनै उम्मेद्वार पुगेका छैनन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ फागुन, २०८२ मा प्रकाशित
चितवनका माझी र मुसहर बस्तीलाई निर्वाचनले छोएन
फाइल तस्बिर ।
चितवन, फागुन १४ :

देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन । रत्ननगर नगरपालिका–८स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार माझी, मुसहर भएको सो टोलकी अध्यक्ष बासमती माझी निर्वाचन नजिकिए पनि कुनै उम्मेदवारको नजर आफ्नो बस्तीमा नपरेको बताउँछिन् । उनले भनिन्, ‘अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेद्वार आउनु भएको छैन ।’

अघिल्ला निर्वाचनमा हरेक दलका उम्मेदवार वा प्रतिनिधि मत माग्न आउँथे । तर यसपटक कोही नआएको उनले बताइन्। यसपटकको निर्वाचनमा यहाँका स्थानीय बासिन्दालाई कुन दलबाट को उम्मेदवार छन् भन्ने सम्म थाहा छैन । मतदान नजिकिए पनि यहाँ मतदाता शिक्षा स्वयंसेवक आइनपुगेको उनले गुनासो गरिन् ।

ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझी निर्वाचनको विषयमा कुरा गर्न समेत मान्दिनन्। उनलाई मतदान गर्ने रुचि समेत देखिन्न । उनले भनिन्, “मलाई मतदान गर्ने इच्छानै छैन केको निर्वाचन लाग्नु ।” आफूले ‘प्लस टू’ उत्तीर्ण गरे पनि रोजगारी पाउन नसकेपछि अटो भाडामा लिएर चलाउँदै आउनुभएका उहाँ रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नहुने भएकाले मतदान गर्ने रुचि नभएको बताउँछिन् । 

कक्षा १२ सकेर घरमै सीप सिक्दै आएकी अञ्जली माझी पनि दलका उम्मेदवारहरुले आफ्नो बस्तीलाई बिर्सेको गुनासो गरिन् । उनले भनिन्, “हाल यहाँका मतदातालाई मतदान गर्ने तरिकासमेत थाहा छैन ।” 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार