काठमाडौं, फागुन १५ :

जिल्ला प्रशासन कार्यालय काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचना जारी गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजरी गर्दै  प्रशासनले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय नगर्न आग्रह गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले एक सूचना प्रकाशित गरी फागुन १८ गतेदेखि  राति ९ बजेपछि रात्रिकालीन व्यवसाय नगर्न यस्तो आग्रह गरेका हुन् ।