आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

वसन्तपुरमा होलीको रौनक, विदेशी पर्यटकसमेत सहभागी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ फागुन, २०८२ मा प्रकाशित
वसन्तपुरमा होलीको रौनक, विदेशी पर्यटकसमेत सहभागी
काठमाडौं, फागुन १८ :

नेपालका पहाडी र हिमाली जिल्लामा आज हार्षोल्लासपूर्वक फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ। काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।

काठमाडौँको वसन्तपुरमा भएको होलीमा विदेशी पर्यटकसमेत सहभागी भएका छन्। विभिन्न मुलुकबाट आएका पर्यटकहरू पनि एक आपसमा रङ, अबिर लगाएर नाच गान गरेर होली मनाइरहेका छन् । सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरूको ठुलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएका छन्।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‌भावका साथ आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने मङ्गलबार होली मनाइँदै छ।   
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार