काठमाडौं, फागुन १८ :

नेपालका पहाडी र हिमाली जिल्लामा आज हार्षोल्लासपूर्वक फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ। काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।

काठमाडौँको वसन्तपुरमा भएको होलीमा विदेशी पर्यटकसमेत सहभागी भएका छन्। विभिन्न मुलुकबाट आएका पर्यटकहरू पनि एक आपसमा रङ, अबिर लगाएर नाच गान गरेर होली मनाइरहेका छन् । सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरूको ठुलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएका छन्।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‌भावका साथ आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने मङ्गलबार होली मनाइँदै छ।