
रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको निशान ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जानकारी दिए
उपचारका क्रममा मृत्यु हुनेमा रामेछाप नगरपालिका –२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । यसअघि नेपाल प्रहरीका असई आरपी यादवको दुर्घटनास्थलमै मृत्यु भएको थियो।
सोमबार अपरान्ह निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ना ४ ख ६७६८ नम्बरको निशान ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरुवारी भिरबाट खसेको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए । ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।