काठमाडौं, फागुन १९ :

प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले दिएको बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ ।  

बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि अदालत खुल्ला हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । फागुन २४ गतेसम्म लगातार सार्वजनिक बिदा परेको छ ।

मतदानका दिन र शनिबारबाहेक यस अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने उनले बताए । सरकारले चुनावका लागि २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने भोलिपल्ट २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेका छन्। 

Supreme Court to remain open even during election holidays