बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

निर्वाचनको बिदामा पनि सर्वोच्च अदालत खुला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ फागुन, २०८२ मा प्रकाशित
निर्वाचनको बिदामा पनि सर्वोच्च अदालत खुला
काठमाडौं, फागुन १९ :

प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले दिएको बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ ।  

बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि अदालत खुल्ला हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । फागुन २४ गतेसम्म लगातार सार्वजनिक बिदा परेको छ ।

मतदानका दिन र शनिबारबाहेक यस अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने उनले बताए । सरकारले चुनावका लागि २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने भोलिपल्ट २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेका छन्। 

Supreme Court to remain open even during election holidays

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार