नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको पद तथा शपथ ग्रहण फागुन २५ गते हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दिउँसो २ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।
संसद् सचिवालयले सदस्यहरूलाई औपचारिक वा पहिचान झल्कने पोशाकमा आउन र प्रमाणपत्रहरू लिएर जान निर्देशन दिएको छ। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार २५ फागुन दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।
गत माघ १९ मा भएको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।
राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट ८३ वर्षीय महन्थ ठाकुर, धमेन्द्र पासवान,रन्जित कर्ण, रेखा झा,लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री , कर्णाली प्रदेशबाट ललितजंग शाही ,कोशी प्रदेशबाट सुनीलबहादुर थापा,रोशनी मेचे, सोम पोर्तेल बागमती प्रदेशबाट गीता देवकोटा, डा. प्रेम दंगाल ,लुम्बिनी प्रदेशबाट वासुदेव जंगली ,चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।
यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही, मिना रखाल, सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका छन् ।निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
थप समाचार
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा