ललिपुर, फागुन १९ :

ललितपुरको कुपन्डोलस्थित दाउरा रेस्टुराँमा लागेको आगो नियन्त्रणमा आएको छ ।  नेपाली सेना,नेपाल प्रहरी र ललितपुर महानगरपालिकाको दमकलको सहायतामा आगो निभाइएको हो। 

दाउरा रेस्टुराँको छतमा आगो लागेको हो।  क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ । विद्युत् वायरिङका क्रममा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।