शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

निर्वाचनमा सहभागी हुन करिब ८ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० फागुन, २०८२ मा प्रकाशित
निर्वाचनमा सहभागी हुन करिब ८ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिए
काठमाडौं, फागुन २० :

भोलि हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन करिब ८ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । अहिले पनि माइक्रो, जिप, बस, मिनिबस, मोटरसाइकल र हवाईजहाजमार्फत विभिन्न जिल्लामा मतदाताका लागि गइरहेका छन् । निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यका छाडेर विभिन्न जिल्ला जानेको संख्या दैनिक बढ्दो छ ।

निर्वाचनका लागि करिब साढे ९ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। मतदानको दिन नजिकिँदै गर्दा काठमाडौंका सडक सुनसान हुन थालेका छन् । आज मध्यरातिदेखि भोलि मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइएको छ ।भोलि देशभरका १६५ निर्वाचन क्षेत्रमै प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार