काठमाडौं, फागुन २१ :
अनुमति नलिई सञ्चालन गरिएका सवारी साधनलाई ट्राफिक प्रहरीले सडकमै होल्ड गरेको छ । ती सवारी साधनलाई साँझ ५ बजे निर्वाचनपछि मात्र सञ्चालन गर्न दिइने जनाइएको छ। सडकमा गुडेका सवारी साधनहरु अनुमति प्राप्त हुन या होइन भनेर ट्राफिक प्रहरीले जाँचमा पनि कडाइ गरेको छ ।
बिरामी बोकेका गाडी-एम्बुलेन्स, कूटनीतिक नियोगका गाडीलगायत अनुमति पाएका गाडीहरूलाई सञ्चालनमा कुनै रोक लगाइएको छैन । निर्वाचनका लागि देशभर सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको हुँदा सडकहरु सुनसान देखिएका छन्। सुनसान सडकमा बालबालिकाहरु कोही फुटबल त कोही क्रिकेट खेलिरहेको देख्न सकिन्छ ।