बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

मुस्ताङमा अहिलेसम्म ४२.८४ प्रतिशत मतदान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ फागुन, २०८२ मा प्रकाशित
मुस्ताङमा अहिलेसम्म ४२.८४ प्रतिशत मतदान
मुस्ताङ, फागुन २१ :

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा ४२.८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले  जानकारी दिए । यसमा पुरुष दुई हजार ४६३ र महिला दुई हजार ३८८ र अन्य एक मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उनले जानकारी दिए ।

जिल्लामा कूल मतदाता ११ हजार ३२८ रहेका छन् । जसमा पुरुष पाँच हजार ५५९, महिला पाँच हजार ७६८ र अन्य एकजना मतदाता रहेको आयोगले जनाएको छ । जिल्लामा अहिले पनि मतदान प्रक्रिया जारी रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार