आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

साँझ ६ बजे निर्वाचन आयोगको पत्रकार सम्मेलन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ फागुन, २०८२ मा प्रकाशित
साँझ ६ बजे निर्वाचन आयोगको पत्रकार सम्मेलन
काठमाडौं, फागुन २१ :

निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर मतदान सम्बन्धी जानकारी गराउने भएको छ । साँझ सवा ६ बजे पत्रकार सम्मेलन गरेर देशभर कहाँ कसरी मतदान भयो र कति प्रतिशत मत खस्यो भन्ने बारेमा जानकारी गराउने छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको बताए । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचन आयोगले पछिल्लो समय दैनिक जसो पत्रकार सम्मेलन गरेर निर्वाचन गतिविधिका बारेमा जानकारी गराउँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार