काठमाडौं, फागुन २१ :

स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतदान गरेनन् ।  म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पुनले यसपटक पहिलोपटक मत हाल्दै छु भनी सार्वजनिक घोषणा गरेका थिए । मत हाल्न चितवन जानुपर्ने भएपछि पुनले अन्ततः मत हाल्न जान भ्याएनन्।

चितवनको राप्ती नगरपालिका–८, खुरखुरेका स्थायी बासिन्दा रहेका पुनको मतदाता नामावली सोही  ब्रजहठी आधारभूत विद्यालयको केन्द्रमा रहेको थियो । ७१ वर्षीय पुनले मन्त्री भइसकेपछि मात्र मतदाता नामावलीमा नाम लेखाएका थिए ।