भक्तपुर, फागुन २२ :
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
क्षेत्र नम्बर–१ मा रुकेश रन्जितले तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक हजार ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, क्षेत्र नं. २ मा सोही पार्टीका राजिव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्यालयद्वारा पछिल्लो एक साताको कार्यप्रगति विवरण सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई महासंघको आग्रह
निवर्तमान आईजीपी कार्कीद्वारा दायर रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी