
काठमाडौं, फागुन २२ :
प्रतिनिधिसभा सदस्यकोपछिल्लो मत परिणामअनुसार मुलुकका ४१ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
यसैगरी नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । देशका अधिकाशं क्षेत्रमा मतगणना जारी रहेको छ ।