काठमाडौं, फागुन २२ :

स्वतन्त्र उम्मेदवार महावीर पुनले  म्याग्दीमा अग्रता कायम गरेका छन् । 

त्रिभुज चुनाव चिह्न लिएका पुनले पछिल्लो मतगणना अनुसार ९६६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१  र कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।