प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् ।
निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता लिनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले एक हजार ५७९ मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्र नं ४ मा शम्भुप्रसाद ढकालले एक हजार ७७५ मतसहित अग्रता लिनुभएको छ भने उनलाई नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित पछ्याउँदै छन् ।
यसैगरी क्षेत्र नं ३ मा प्रकाश पाठकले दुई हजार २८१ मतसहित सुरुआती अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं सो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन एक हजार ६१० मतसहित दोस्रो स्थानमा छन् ।
क्षेत्र नं २ मा इन्दिरा रानामगरले चार हजार ५८० मतसहित सुरुआती अग्रता लिएकी छन् भने नेकपा (एमाले)का देवराज घिमिरे ७१६ मत प्राप्त गरेका छन् । यस्तै क्षेत्र नं १ मा निशा डाँगीले तीन हजार १७० मतसहित अग्रता लिएकी छन्। उनलाई श्रम संस्कृति पार्टीका केबल राईले एक हजार ३२० मतसहित पछ्याउँदै छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने