सर्लाही, फागुन २२ :

सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले २८४७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । उनीहरूबीच १ हजार १३३ को मतान्तर छ ।