
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता कायम गरेको छ ।
हालसम्म तीन वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । रास्वपाका रञ्जु दर्शना १५ हजार ४ सय ५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी हुनुभएको छ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतका साथ विजयी भएका छन्।
मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित दर्ता गराए। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको विशाल मतान्तरले पछाडि पारेका छन्।
हालसम्म रास्वपाका उम्मेदवार १०६ स्थानमा, नेपाली कांग्रेस ११ र नेकपा (एमाले) का उम्मेदवार ११ स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार ९ स्थानमा अगाडि छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका ६ र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि छन् ।