पाल्पा, फागुन २२ :

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाल्पा निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।

प्राप्त विवरणअनुसार श्रेष्ठले हालसम्म १२९२ मत प्राप्त गरेका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार माधवबहादुर थापाले कडा प्रतिस्पर्धा दिइरहेका छन् ।

थापाले हालसम्म १११३ मत ल्याएका छन् ।

त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार ठाकुरप्रसाद गैरे तेस्रो स्थानमा देखिएका छन् । गैरेले हालसम्म ९७१ मत प्राप्त गरेका छन् ।