
काठमाडौं, फागुन २२ :
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले ११ हजार ९ सय ७२ मत पाएर अग्रता कायम राखेका छन्।
उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ७ हजार ७ सय ४५ मत पाएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ६ को मतगणना भइरहँदा घिसिङले मतान्तर भने घटाएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ४ हजार १ सय ३३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले २ हजार १ सय १ मत पाएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ६ को मतगणना सकेपछि कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १, २ र ३ को मतगणना हुनेछ ।