एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला जुम्लामा जारी मत गणनाअनुसार राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रस्थानमा रहेका छन् ।
जिल्लाको कनकासुन्दरी गाउँपालिकाको पाँच हजार ६२ मत गणना हुँदा राप्रपाका शाहीले दुई हजार ६९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।
शाहीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले एक हजार २३३ मत पाएका छन् भने नेकपा (एमाले)का शान्तिलाल महतले २८१ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।
यसैगरी, रास्वपाका विनीता कठायतले ३६ मत, प्रलोपाका मनऋषि धितालले आठ, नेमकिपाका बृषबहादुर रावतले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ ।
जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्यालयद्वारा पछिल्लो एक साताको कार्यप्रगति विवरण सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई महासंघको आग्रह
निवर्तमान आईजीपी कार्कीद्वारा दायर रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी