सुरुआती अग्रता लिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले अगाडि छन् । एमालेका राईले एक हजार ४० र श्रम संस्कृतिका राईले एक हजार ५९० मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका दिनेश राईले ५९०, रास्वपाका दिनेश भण्डारीले १४४ मत, जसपा नेपालका आइतराज लिम्बूले ६७ मत प्राप्त पाएका छन् । कुखुराको भाले चिह्नका मङ्गोल नेसनल अर्गनाइजेसनले हालसम्म एउटा पनि मत पाएको छैन ।
अन्य दलका उम्मेदवारले तीनदेखि ३५ मत पाएका निर्वाचन कार्यालय धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिए । जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता छन् । हालसम्म ३३८ मत बदर भएको छ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्र र १४ दलसहित १७ जनाको उम्मेदवारी परेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने