काठमाडौं, फागुन २२ :

काठमाडौँ क्षेत्र नं. ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन्।