शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

अझ जिम्मेवार भएर देशको सेवा गर्ने उनेपाका अध्यक्ष घिसिङको प्रतिबद्धता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
अझ जिम्मेवार भएर देशको सेवा गर्ने उनेपाका अध्यक्ष घिसिङको प्रतिबद्धता
काठमाडौं, फागुन २२ :

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं ३ बाट पराजित भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष घिसिङले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेलाई  बधाई दिँदै आफूलाई मत दिने मतदाताहरुलाई आभार व्यक्त गरे । 

“चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धिसहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु । मेरा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई सहयोगका लागि धन्यवाद दिन्छु । सबैको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ , उनले भने ।”

उनले सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउने विश्वास पनि लिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार