काठमाडौं, फागुन २३ :

काठमाडौं क्षेत्र नं ९ बाट निर्वाचित भएका रास्वपाका उपसभापति डीपी अर्यालले आफ्नो पार्टीको उम्मेदवारसँग भएको क्षमतालाई हेरेर जनताले विश्वास गरेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै अर्यालले कसैको मुख हेरेर नभइ उम्मेदवारसँग भएको ईमान्दारीता, क्षमता र दूरदर्शितालाई हेरेर जनताले विश्वास गरेको बताएका छन्। उनले आफूलाई मत दिने मतदाताको भावनालाई उच्च कदर गर्दै जनताको भावना अनुसार अघि बढ्ने उल्लेख गरे ।

जनताले आफूहरुलाई न्याय दिएको भन्दै उनले अन्याय नहुने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए । ३५ हजार ९३ मत प्राप्त गरेर अर्याल काठमाडौं ९ बाट विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेका थिए । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।