सुनसरी, फागुन २३ :

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता कायम गरेका छन् । उनले ७ हजार ८१३ मत प्राप्त गरेका छन्। उनी निकटतम प्रतिद्वन्द्वीभन्दा १९४२ मतको अघि रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सरिन तामाङ (गोमा) ले ५ हजार ८७१ मत प्राप्त गरेकी छन् ।

त्यस्तै  नेपाल कम्युनिष्ट पार्टीका मनोज भट्टराईले १ हजार ४७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए। त्यहाँ मतगणना जारी रहेको छ ।