शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
राजनीति

निर्वाचनमा विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संस्कार महत्त्वपूर्ण हुन्छ : डा कोइराला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
निर्वाचनमा विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संस्कार महत्त्वपूर्ण हुन्छ : डा कोइराला
मोरङ, फागुन २३ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक प्रणालीमा निर्वाचनमा विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संस्कार र संस्कृति महत्त्वपूर्ण हुने बताएका छन् ।

आज एक विज्ञप्ति जारी गरी मोरङ क्षेत्र नं ६ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यलाई बधाई दिँदै उनले आफूले परिणामलाई सहज रूपमा लिएको बताए ।

डा. कोइरालाले लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य उम्मेदवार विजयी भएको उल्लेख गर्दै आगामी संसद्मा युवा शक्तिको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । उनले आफ्नो पक्षमा मतदान गर्ने सबै मतदाता र शान्तिपूर्वक रूपमा निर्वाचन सम्पन्न गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार