
काठमाडौं, फागुन २४ :
प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना अनुसार अहिलेसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ८ , श्रम संस्कृति पार्टी ३ राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् । रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।
यसैगरी प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको मतगणना जारी रहँदा रास्वपा १, काँग्रेस १ र नेकपा एमाले १ स्थानमा अघि रहेको छ । नेपाली कम्युनिस्ट पार्टी,श्रम संस्कृति पार्टी लगायत सबै पार्टीहरु यतिखेर प्रतिस्पर्धामा छैनन् ।
समानुपातिकमा पनि रास्वपा निकै अगाडि छ । अहिले पनि मतगणना कार्य जारी रहेको छ ।