बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति

यस्तो छ बालेन्द्र शाहको चुनावी खर्च, के-केमा कति गरे ?

१४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण बुझाए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ फागुन, २०८२ मा प्रकाशित
यस्तो छ बालेन्द्र शाहको चुनावी खर्च, के-केमा कति गरे ?
काठमाडौं, फागुन २५ :

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च बुझाएका छन्।

उनले सोमबार निर्वाचन आयोगमा  सबैभन्दा अगाडि नै चुनावी खर्च विवरण बुझाएका हुन् । उनले बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ।

शाहले उम्मेदवारी दर्तादेखि घरदैलो गर्दा भएको खर्चको विवरण बुझाएका छन् । १४ लाखमा सबैभन्दा धेरै वडास्तरीय घरदैलो गर्ने क्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। १५ दिनको अवधिमा उक्त खर्च भएको देखाइएको छ ।

जसअनुसार सवारी साधन भाडा खर्च (२ वटा सवारी) १५ दिन को २९३,८०० , हवाई भाडा ५ पटकको  ३५,०००, मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्च ५८ जनाको २८,९७०, वडा स्तरीय प्रचार कार्यक्रम (१५ दिने घर दैलो) को ५८०,००० ,नमुना मतपत्र छपाईमा ४९,८५०, झापा ५ क्षेत्रीय निर्वाचन कार्यलय संचालन पानी खर्च १२०,००० , झापा ५ क्षेत्रीय निर्वाचन कार्यलय संचालन स्टेशनरी खर्च  २२,८२०, प्रचार प्रसार सामाग्री छपाई (झण्डा एवं ब्याच) को लागि १५७,०४१, प्रचार प्रसार सामाग्री (ब्यानर तथा स्टीकर) ११९,८०८ र मनोनयन दर्ता गर्दा १० हजार गरी कुल १४ लाख १७ हजार २८९ रुपैया खर्च भएको बालेनले बुझाएको विवरणमा उल्लेख गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार