काठमाडौ, फागुन २५ :

टर्की,युनाइटेड अरब इमिरेड्स र कतार आफूहरूले इरानबाट प्रहार गरिएका मिसाइलहरू अवरोध गरी नष्ट गरेको बताएका छन् ।  जबकि इजरायलले आफूविरुद्ध थप आक्रमणहरू भएको पत्ता लागेको जनाएको छ।

यसैबीच बेलायतकी अर्थमन्त्री  राचेल रीभेजले मध्यपूर्वमा भइरहेको युद्धले मुद्रास्फीतिमा बढ्दो दबाब सिर्जना गर्न सक्ने बताएकी छन्।

सांसदहरूलाई जानकारी दिँदै रिभ्सले अन्तर्राष्ट्रिय तेल भण्डारबाट समन्वित रूपमा तेल निकाल्ने निर्णयलाई समर्थन गर्न आफू तयार रहेको बताएकी छन्।

यसअघि अन्तराष्ट्रिय उर्जा एजेन्सीले भने जी–७ का अर्थमन्त्रीहरूसँग भएको बैठकमा यस्तो सहमति हुन नसकेको संकेत दिएको थियो । त्यस समयमा कच्चा तेलको मानक मूल्य प्रति ब्यारेल १०० डलर नाघिसकेको थियो।

इजरायलले आफूले इरानका तीन स्थानमा आक्रमण गरिरहेको तथा लेबनानमा पनि प्रहार गरिरहेको जनाएको छ।

आइतबार इरानले  मोजताबा खामेनीलाई  नयाँ सर्वोच्च नेता घोषणा गरेको छ। उनी नौ दिनअघि  अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका  अलि खामेनीका छोरा हुन्।