प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित भएका छन् । यादवले १० हजार ४२८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले नौ हजार ४८५ मत र नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र मण्डलले नौ हजार २२० मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।
यसअघि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार रहेका किशोरी साह कालोसूचीमा भएको उल्लेख गर्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले आज उक्त रिटमा सुनुवाइ गर्दै यही फागुन २९ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
साथै आयोगको आज बसेको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशनपछि विजेता घोषणा गरिएको आयोगले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने