शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
अर्थतन्त्र

एडीबीद्वारा नेपाललाई करिब ५ अर्बको सहुलियतपूर्ण ऋण स्वीकृत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ फागुन, २०८२ मा प्रकाशित
एडीबीद्वारा नेपाललाई करिब ५ अर्बको सहुलियतपूर्ण ऋण स्वीकृत
काठमाडौं, फागुन २६ :

एसियाली विकास बैंकले नेपाललाई  करिब ५ अर्ब ९२ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। 

यो रकम डिजिटल रूपान्तरण अभियान तीव्र बनाउन र नागरिक तथा व्यवसायका लागि प्रभावकारी डिजिटल सेवामा पहुँच विस्तार गर्न प्रयोग गरिने जनाइएको छ। यसले आधुनिक र प्रयोगकर्ता–मैत्री सेवाका लागि मुख्य डिजिटल सार्वजनिक पूर्वाधार विकास गर्न सहयोग पुर्‍याउने एडीबीले जनाएको छ ।

एडीबीका नेपालका लागि देशीय निर्देशक अर्नाउड काउचोइसले नेपालमा सार्वजनिक सेवा प्रवाह सुधार गर्न र नेपालको आर्थिक विकासलाई सहयोग गर्न डिजिटल रूपान्तरण अत्यन्त आवश्यक भइसकेको बताए । ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ दक्षिण एसियामा पहिलो परियोजना हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार