काठमाडौं, फागुन २६ :

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाँदैछन् । नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालयले जनाएको छ । 

आयोजकका अनुसार, उक्त समिटमा विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागी हुनेछन् । नयाँदिल्लीस्थित भारत मण्डपममा यही मार्चा १२, १३ र १४ मा उक्त समिट हुँदैछ ।

समिटमा अर्थतन्त्र, शिक्षा, प्रविधि, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने  जनाएको छ । समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् । 

त्यसक्रममा पूर्वप्रधानमन्त्री भट्टराई र मोदीबीच भेटवार्ता हुन सक्ने अनुमान गरिएको छ ।साथै भेटमा निर्वाचनपछिको राजनीति र नयाँ दलको आगामी दिशाको बारेमा कुराकानी हुन सक्ने बुझिएको छ ।