रुपन्देही, फागुन २६ :

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक  गरेका छन्। उनले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरणमा २८ लाख ७ हजार १ सय खर्च भएको उल्लेख गरेका छन्।

विवरणमा उल्लेख गरेअनुसार  सबैभन्दा धेरै ८ लाख ९७ हजार बढी रकम इन्धनमा खर्च गरेका छन्। त्यस्तै उनले मतदाता नामावली खरीद,छापा तथा विद्धुतीय प्रचार, छपाई,गोष्ठी एवं परिचालन, अन्तरक्रिया लगायतमा खर्च भएको उल्लेख गरेका छन्। रुपन्देही क्षेत्र-२ का उम्मेदवार पौडेल रास्वपाका उम्मेदवार सुलभ खरेलसँग भारी मतले पराजित भएका थिए। 

यस्तो छ खर्चको हिसाब किताब

मतदाता नामावली खरीदमा ९८,०००, सवारी साधन भाडा, इन्धन ८,९७,२७५, छापा एवं विद्युतीय माध्यम प्रचारप्रसार गर्दा ८,३४०००, छपाईमा १,९०,०००, गोष्ठी कार्यकर्ता परिचालनमा ५५०००, अन्तरक्रियामा ४५,०००एसएमएसमा १,७५०००,प्रतिनिधि परिचालनमा २६,५००,कार्यालय सञ्चालनमा २,६४,००० र विविध शीर्षकमा २,२२,३२५ रुपैयाँ खर्च भएको आयोगलाई बुझाएको विवरणमा उल्लेख गरेका छन् ।