दार्चुला, फागुन २९ :

दार्चुलामा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो ।

लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किँदै थिए । धामीलाई प्रारम्भिक उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएकोमाख त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो । 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पनि निर्वाचन क्षेत्रमा खटिने क्रममा भिरबाट लडेर एकजना निर्वाचन प्रहरीको मृत्यु भएको थियो ।