बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

घर फर्कंदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ फागुन, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्बिर ।
दार्चुला, फागुन २९ :

दार्चुलामा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो ।

लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किँदै थिए । धामीलाई प्रारम्भिक उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएकोमाख त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो । 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पनि निर्वाचन क्षेत्रमा खटिने क्रममा भिरबाट लडेर एकजना निर्वाचन प्रहरीको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार