
काठमाडौं, फागुन २९ :
धनुषा-१ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारलाई सारिएको छ । न्यायाधीश सारंगा सुवेदीले यसअघि एकल इजलासबाट सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेका कारण हेर्न नमिल्ने भएको हो ।
न्यायाधीश सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि आज पेसी तोकिएको थियो । साहले आफ्नो उम्मेदवारी खारेजविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
साहले कर्जा सूचना केन्द्रलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले बिहीबार नै कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।