आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

आयल निगमले भन्यो- एलपी ग्यास आपूर्तिमा कुनै समस्या छैन

आजको दिनसम्म ग्यास आपूर्तिमा कुनै समस्या नभएपनि भोलिको दिनमा के हुन्छ भन्ने स्पष्ट छैन ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ फागुन, २०८२ मा प्रकाशित
आयल निगमले भन्यो- एलपी ग्यास आपूर्तिमा कुनै समस्या छैन
काठमाडौं, फागुन २९ :

नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म माग अनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको जानकारी दिए । अभाव हुने हल्लाका कारण अनावश्यक रुपमा ग्यासको सञ्चिति बढाएका कारण अहिले बजारमा ग्यास अभावजस्तो देखिएको उनले बताए।

उनले अहिले बजारमा देखिएको कृत्रिम अभावलाई समाधान गर्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन आधा ग्यास सिलिन्डर बिक्री बितरण गर्न सुरु गरिएको बताए । नेपालमा प्रयाप्त रुपमा ग्यास आपूर्ति भइरहेकाले अनावश्यक भण्डारण नगर्न उनले आम उपभोक्तालाई आग्रह समेत गरे। प्रवक्ता ठाकुरले आजको दिनसम्म मागको शतप्रतिशत ग्यास आपूर्ति भएपनि भोलिको दिनमा के हुन्छ भन्ने स्पष्ट हुन नसकेको बताए ।

उनले डिजेल र पेट्रोलको हकमा १५–१५ दिनमा नयाँ मूल्यसूची आउने भएपनि हवाई इन्धन र एलपी ग्यासको हकमा एक महिनामा नयाँ मूल्यसूची आउने भएकाले नयाँ सूची प्राप्त भएपनि ग्यासमा वृद्धि भएको मूल्य यकिन हुने उल्लेख गरे । त्यसपछि मात्रै ग्यासको मूल्य समायोजन हुने वा नहुने भन्ने आवश्यक निर्णय हुने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार