बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

स्रोत नखुलेको १० लाख नगदसहित दुई जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ चैत, २०८२ मा प्रकाशित
स्रोत नखुलेको १० लाख नगदसहित दुई जना पक्राउ
काठमाडौं, चैत १ :

काठमाडौँ महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार ८४० सहित २ जना पक्राउ परेका छन् । काठमाडौँ कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२-५२ प ६९९४ नम्बरको स्कुटरमा सवार निजहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार