
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेनजी अभियन्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा आज पनि प्रदर्शन जारी राखेका छन् ।
२३ र २४ भदौको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै उनीहरुले केही दिनदेखि आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्।
आयोगले एक साता अघि प्रतिवेदन बुझाएको भए पनि सरकारले सार्वजनिक गरेको छैन। यद्यपि त्यतिबेलाका प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई कारबाही गर्न सिफारिस गरिएको बुझिएको छ । आयोगका संयोजक कार्कीले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उक्त प्रतिवदेनलाई दराजमा नथन्काइयोस् भन्ने जेनजी अभियन्ताहरूको माग रहेको छ ।
प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै आएका छन् ।
गत असोज ५ गते गठित आयोगलाई भदौ २३ मा जेन–जी आन्दोलनमा भएको दमन र २४ भदौको तोडफोड तथा आगजनीका घटनाबारे छानबिन गर्न कार्यादेश दिइएको थियो।