सुर्खेत, चैत २ :

सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन महिलाको शव भेटिएको छ । प्रहरी र स्थानीयले आइतबारदेखि खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

सुरुमा भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र १ थान मोबाइल फेला परेको थियो । उनका दुई छोराछोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने  ३८ वर्षीया माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । आइतबार बिहान ७ बजे घरबाट सम्पर्कविहीन भएको भन्दै उनका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।