शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

सक्रिय न्युज · सोमबार, २ चैत, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
बाजुरा, चैत २ :

यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिए ।

उनका अनुसार महतरा र बुढाबीच पुरानै विवाद थियो । आज साँझ ६ बजेतिर झगडा सुरु भएको र झगडामा कुटाकुट हुँदा महतराका बाबुछोराले ढुङ्गाले टाउकोमा हान्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

बेलुकी ६ः३० बजे बुढालाई  ढुङ्गाले हानेर मृत्यु भएको र घटना घटेको एक घण्टापछि अर्थात् ७ः३० बजे अस्थायी प्रहरी चौकी मुक्तिकोटमा जानकारी प्राप्त भएको प्रहरी सहायक निरीक्षक धामीले बताए ।

खबरपछि प्रहरी सहायक निरीक्षकको टोली पुगेर पीडक धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज भने फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार