आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व #कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका#मन्त्री गीता चौधरी#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व
राजनीति

वाचापत्र दोहोर्‍याएर पढ्न आफ्ना सांसदहरूलाई रास्वपा उपसभापति वाग्लेको आग्रह

अब फेरि ब्याक टू कलेज भनेजस्तै हो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ चैत, २०८२ मा प्रकाशित
वाचापत्र दोहोर्‍याएर पढ्न आफ्ना सांसदहरूलाई रास्वपा उपसभापति वाग्लेको आग्रह
काठमाडौं, चैत ३ :

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको मतलाई जिम्मेवारीबोधका साथ उपयोग गर्न आग्रह गरेका छन्। 

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले  सांसदहरूलाई पार्टीका धारणाहरू र वाचापत्र पुनः अध्ययन गरी प्रणाली परिवर्तनमा गम्भीर हुन निर्देशन दिए।

उनले अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न सांसदहरुलाई आग्रह गरे । उनले अब बन्ने नयाँ सरकारका कामहरूमा वाचडगको भूमिका निर्वाचन गर्न पनि नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए ।

वाग्लेले भने, ‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला ।’

उनले लथालिंग भएको अर्थ राजनीतिलाई अब सम्हाल्नुपर्ने अवस्था आएको बताए ।  नेपाली जनताले गर्नसक्ने गरी म्यान्डेट दिएर पठाएको उल्लेख गर्दै उनले भने, ‘ठूलो पार्टीको जिम्मेवारी पनि ठूलै हुन्छ, यसमा सजक हुनुहोला ।’
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार